यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं | कात्तिक १९, २०८१

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

 

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८९ पैसा कायम भएको छ ।

 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्